×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बारामा थप ८ जनामा कोरोना संक्रमण पुष्टी, सबै भारतबाट आएको खुलासा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बारामा थप ८ जनामा कोरोना संक्रमण पुष्टी, सबै भारतबाट आएको खुलासा

Artha Sarokar

२८ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बारा
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बारामा थप ८ जनामा कोरोना संक्रमण देखिएको छ । प्राप्त भएको जानकारी अनुसार सिम्रौनगढ नगरपालिकास्थित कंकाली मावि र श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका ८ जनामा  कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा सिम्रौनगढ नगरपालिका–७ का १९ र २७ वर्षीय पुरुष, वडा नम्बर ५ का ४५ र २७ वर्षीय पुरुष, वडा नम्बर ६ का २३ र ३८ वर्षीय पुरुष, वडा नम्बर ३ का १२ र २ का ४० वर्षीय पुरुष छन् । संक्रमित सबै जनालाई गंगापुरस्थित शैक्षिक तालिम केन्द्रको आइसोलनमा ल्याउने तयारी भइरहेको मिश्रले बताए ।
संक्रमण पुष्टि भएका सबै जना भारतबाट आई क्वारेन्टिनमा बस्दै आएका थिए । उनीहरुको जेठ २३ गते पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी