×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कोरोना अपडेट : बारामा ३ वर्षीया बालिकासहित ५ जनामा देखियो कोरोना

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बारामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराका डीएसपी गौतम मिश्रका अनुसार सुवर्ण गाउँपालिका–२ का ३० वर्षीय पुरुष, वडा नम्बर ७ का १६ वर्षीय पुरुष, वडा ५ का ३० वर्षीय पुरुष र सोही वडाका २८ वर्षीया महिला र उनकी ३ वर्षीया छोरीमा संक्रमण पुष्टि भएको हो ।
संक्रमित पाँचै जनालाई गंगापुरस्थित शैक्षिक तालिम केन्द्रको आइसोलेसनमा ल्याउने तयारी भइरहेको उनले बताए । गाउँपालिकाका स्वास्थ्य संयोजक सुरेन्द्र साहका अनुसार हर्दिया प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टिनमा बसेका ३९ जनाको जेठ २३ गते स्वाब संकलन गरिएको थियो । जसमध्ये पाँच जनामा संक्रमण पुष्टि भएको उनले बताए । साहका अनुसार संक्रमित पुष्टि भएका सबै जना भारतबाट आएका हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: