
- अर्थ सरोकार सम्बाददाता
विरगञ्ज । बाराको कलैयामा आज (बुधबार)देखि आलोपालो गरी व्यापार व्यावसाय सञ्चालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाराले एक विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो । लकडाउनका कारण व्यापार व्यवसाय चौपट बनेको भन्दै विरोध हुन थालेपछि त्यसलाई व्यवस्थित पार्नका लागि आलोपालो प्रणाली अनुसार व्यवसाय सञ्चालन गर्न स्थानीय प्रशासनले अनुमति दिएको हो ।
प्रशासनले आइतबार र मंगलबार बिहान १० बजेदेखी अपरान्ह ४ बजेसम्म कपडा, साइकल, मोटरसाइकल, मोटर तथा मोटर पार्टस्, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, रेडिमेड, कस्मेटिक, जुत्ता, चप्पल, सैलुन खोल्ने, सोमबार, बुधबार, शुक्रबार र शनिबार किराना, खाद्यान्न, आलु, प्याज, किटनासक, बिउ बिजन, मलखाद लगायतका व्यवसायहरु र बिहीबार हार्डवेयर पसल, सुनचाँदी पसल, भाँडा बर्तन, टेलरिंग, फ्लोरिङ् र फनिर्सिङ् फर्निचर र अन्य पसल बिहान १० बजेदेखी अपरान्ह ४ बजेसम्म स्वास्थ्य सावधानी अपनाएर खोल्न विज्ञप्तिमार्फत आग्रह गरेको छ ।
हरियो तरकारी तथा फलफुल, मुख्य बजारमा नलिएर घुम्ती पसलमार्फत बिहान १० बजेसम्म र बेलुका ५ बजेपछि मात्रै बिक्री वितरण गर्न विज्ञप्तिमा उल्लेख छ । स्वास्थ्य, विद्युत, सञ्चार, खानेपानी, दुध, बैङ्क, फोहोरमैला व्यवस्थापन, इन्धन लगायत अत्यावश्यक सेवाहरु दैनिक सञ्चालन हुने, उद्योग व्यवसाय सञ्चालन गर्दा मापदण्ड अनुसार सञ्चालन गर्न, सिमेन्ट, जस्ता पाता, कोइला, बिटुमिन तेल, क्लिंकर, निर्माण सामाग्रीहरु ढुवानी गर्दा बजार क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ३ बजे बाहेकको समयमा ढुवानी गर्ने, माछा, कुखुरा, कुखुराको दाना, पशु आहारको ढुवानी बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म गर्नुपर्ने त्यसो नगरेको पाइएमा संक्रामक रोग नियन्त्रण ऐन, २०२० तथा प्रचलित कानुन बमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्