
- अर्थ सरोकार सम्बाददाता
बारा । बिहिबार बारा र पर्सामा थप ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बारामा ६ जना पुरुष र एक महिलासहित ७ जना तथा पर्सामा एक जना १५ वर्षकी बालिकामा संक्रमण पुष्टी भएको हो ।
बाराको आदर्श कोतवाल गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएका एक महिला र ६ जना पुरुषसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक पारस यादवले बताए । उनीहरु सातैजनामा हेटौँडास्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा संक्रमण भएको पुष्टि भएको हो ।
यस्तै पर्साको पोखरिया नगरपालिका वडा नम्बर ६ की १५ वर्षकी किशोरीमा कोरोना संक्रमण देखिएको नारायणी अस्तालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्