×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्वारेनटाइनबाट घर फर्किएका २६ जनामा कोरोना सङ्क्रमण देखियो

PRIME CA

क्वारेनटाइनबाट घर फर्किएका २६ जनामा कोरोना सङ्क्रमण देखियो

३ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
बर्दिया । क्वारेनटाइनबाट आरडिटी नेगेटिभ देखिएपछि घर पठाइएका बर्दियाका २६ जनामा कोरोना पोजेटिभ देखिएको छ । जाँचपछि घर पठाइएका बर्दियाको बढैयाताल गाउँपालिका वडा नं १ का १५ र २ का ११ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको हो । उनीहरुलाई गत जेठ २९ गते क्वारेन्टिनबाट घर पठाइएको थियो । 
जेठ ३१ गते स्वाब संकलन गरी नेपालगञ्ञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा पिसिआर जाँच गर्दा आज सङ्क्रमण पुष्टी भएको गाउँपालिकाका उपाध्यक्ष दीपा गौतमले बताए । स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको छ । संक्रमण पुष्टी भएका सबै वडा नं २ स्थित अमरज्योति माध्यमिक विद्यालय सीतापुरको क्वारेनटाइनमा बसेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: