×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना संक्रमण पुष्टी !

  • अर्थ सरोकार सम्बाददाता 
बर्दिया । बर्दिया जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना सङक्रमण पुष्टी भएको छ । शनिबार भेरी अस्पताल, नेपालगञ्जमा गरिएको पिसिआर परीक्षणमा ५५ वर्षीय चालकमा सङ्क्रमण भएको पुष्टी भएको थियो । 
दुई दिनअघि सरुवा भएका प्रजिअ प्रेमलाल लामिछानेलाई काठमाडौंँ पु¥याएर नयाँ प्रजिअ लीलाधर अधिकारीलाई काठमाडौंँबाट ल्याएका थिए । सरुवा भएका प्रजिअ लामिछानेको पिसिआर नेगेटिभ देखिएको प्रशासकीय अधिकृत बालकृष्ण अधिकारीले जानकारी दिए । चालकलाई गुलरियास्थित जिल्ला समन्वयको सभाकक्षको आइसोलेशनमा राखिएको छ ।
बर्दियामा थप १९ जनाको पिसिआरका लागि स्वाब सङ्कलन गरिएको छ । अन्यको आज स्वाब संकलन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । जिप्रकाका सबैलाई सेल्फ क्वारेन्टाइनमा राखी कार्यालयको आन्तरिक काम सञ्चालन गरिने तर कार्यालय बन्द नगरिने प्रशासकीय अधिकृत अधिकारीले बताए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: