×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘आगामी वर्षमा बजेट विनियोजन गर्दा समानुपातिक वितरण प्रणालीलाई ध्यान दिन्छौं’ : मन्त्री नेम्वाङ (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

‘आगामी वर्षमा बजेट विनियोजन गर्दा समानुपातिक वितरण प्रणालीलाई ध्यान दिन्छौं’ : मन्त्री नेम्वाङ (भिडियो रिपोर्ट)

४ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टीमिडिया ब्यूरो
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्तकुमार नेम्वाङले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै वर्तमान परिस्थितलाई मध्यनजर गर्दै गत वर्षको तुलनामा बजेट कम भएपनि क्रमांगत योजनाहरुलाई निरन्तरता दिइएको बताएका छन् ।
गतवर्षभन्दा आगामी आर्थिक वर्षका लागि २२ अबए कम रकम विनियोजन भएपनि राष्ट्रिय गौरबका आयोजनाहरु तोकिएको समयमै सम्पन्न गरिने प्रतिवद्धता जनाए । महाकाली करिडोरका काम चाँडो सम्पन्न गर्न गतवर्ष जतिकै बजेट विनियोजन गरिएको र सरकारले तिंकर सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिइएको बताए । 
देशको बजेटको अवस्था, निर्माण व्यवसायीको योग्यता र क्षमताले वर्षदिनमा बढीमा तीनसय भन्दा बढी पुलहरु निर्माण गर्न सक्ने अवस्था नभएको उल्लेख गर्दै उनले आफ्नो क्षेत्रमा योजना परेन भनेर चित्त नदुखाउन आग्रह गरेका छन् । आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्दा समानुपातिक वितरण प्रणालीलाई ध्यान दिने उनले बताएका छन् । मन्त्री नेम्वाङले हुलाकी राजमार्ग, मदनभण्डारी राजमार्ग, मध्यपहाडी राजमार्ग लगायतका ८० वटा राजमार्गहरु विस. २०७९-०८० सम्म सम्पन्न गर्ने गरी निरन्तरता दिइएको उनले बताए ।
त्रिदेशिय महत्व राख्ने सडकहरु निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको उनले बताएका छन् । पूर्व पश्चिम राजमार्गलाई कम्तिमा ४ लेनको स्तरोन्नती गर्नेगरी काम अघि बढाइएको बताए । आगामी आर्थिक वर्षबाट नेपाली झण्डा फहराएर जयनगर जनकपुर रेल चलाउने योजना रहेको उल्लेख गर्दै उनले काकरभिट्टा देखि गड्डचौकीसम्म विद्युतिय रेलमार्ग अपरिहार्य रहेको बताएका छन् । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: