×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बजेट विनियोजनमा प्रादेशिक सन्तुलनलाई प्राथमिकतामा राख्यो’ : यातायातमन्त्री नेम्वाङ (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

‘बजेट विनियोजनमा प्रादेशिक सन्तुलनलाई प्राथमिकतामा राख्यो’ : यातायातमन्त्री नेम्वाङ (भिडियो रिपोर्ट)

२६ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री बषन्त कुमार नेम्वाङले मन्त्रालयगत शिर्षकको बजेट विनियोजनमा प्रादेशिक सन्तुलनलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न शिर्षकमा विनियोजित बजेट र कार्यक्रममाथि सांसदहरुको प्रश्नको जवाफ दिदै उहाँले कोरोनाका कारण आगामी आर्थिक बर्षका लागि मन्त्रालयगत बजेटमा कमि आएको भएपनि सन्तुलनलाई कायम राखिएको बताउनुभएको हो ।
उहाँले चालु आर्थिक बर्षको तुलनामा आगामी आर्थिक बर्षका लागि मन्त्रालयको बजेट २२ अर्बले कम रहेको बताउनुभयो । कोरोनाका कारण आफ्नो मन्त्रालयको बजेटमा कमी आएको भएपनि प्रादेशिक सन्तुलनलाई ख्याल गरि समानुपातिक ढंगले वितरण गर्ने काम गरिएको दाबी गर्नुभयो । बजेट थोरै भएकाले विगतका योजनाहरुको आर्थिक दायित्व आगामी आर्थिक बर्षमा पनि सर्ने भएपनि सबै योजनाहरुलाई उल्लेख्य रुपमा समावेश गर्न नसकेको स्पष्ट पार्नुभयो ।
लामो समयदेखि महत्वपुर्ण बाटोको रुपमा रहेको पुर्वपश्चिम राजमार्गको ४ लेन विस्तार र निर्माण कार्यलाई थालनी गरिएको र केही बर्ष यसको पुर्णतामा लाग्ने भएकाले हुलाकी सडक चार लेनको बनाउने योजना अहिले भएको स्पष्ट पार्नुभयो । उहाँले सबै निर्वाचन क्षेत्रहरुमा तराई मधेस पुर्वाधार कार्यक्रममा भने सबै निर्वाचन क्षेत्रमा विस्तार गरिएको, पुर्वपश्चिम विद्युतीय रेलमार्गको सबै डिपिआर कार्य सम्पन्न भएको र डिपिआर बमोजिम बर्दिबासमा काम सुरु भईसकेको जानकारी दिनुभयो । 
उहाँले भन्नुभयो “विगतमा थालिएका एक निर्वाचन क्षेत्रमा १०-१० करोडको खरिद प्रक्रिया सुरु गरेर निर्माण कार्यहरु सुरु गरिएको छ । यसलाई निरन्तरता दिईने छ । र यसको दायित्वलाई समेत अगाडि बढाईने छ । ”
राजधानीमा फ्लाईओभर बनाउन छुट्याएको बजेट प्रदेशमा पठाउनुपर्ने भन्ने सांसदहरुको तर्कमा उहाँले भन्नुभयो “फ्लाई ओभरको बजेट प्रदेशलाई पठाउनुपर्ने भन्नुभएको छ । यो होइन । संसारभरीका राजधानीहरु अत्यन्तै व्यवस्थित हुन्छन् । हाम्रो राजधानी धार्मिक, सांस्कृतिक सबै कुराले धनी छ । बाटाहरु साना छन् । ट्राफिक बड्दो भएकाले जाम नियन्त्रण गर्नुपर्ने भएकाले एउटा दुईवटा मात्रै होइन काठमाण्डौमा साह्ै धेरै आवश्यकता छ । संघीय राजधानीलाई सुन्दर बनाउन, ट्राफिक जामलाई व्यवस्थित बनाउने एउटै मात्र उपाय फ्लाईओभर हो । ”
सांसदहरु रामबाबु कुमार यादव, सञ्जय कुमार गौतम, चन्द्रकान्त चौधरी र प्रेम सुवालले मन्त्रीको जवाफमा थप स्पष्टिकरण माग गरेका थिए ।
त्यसैगरी मन्त्रालयगत विनियोजित बजेट माथिको छलफलमा सांसदहरुले निर्माण सम्बन्धी काम समयमै सम्पन्न नभएको, गुणस्तरहिन हुँदा पनि कारवाही नगरिएको, पुर्वपश्चिम राजमार्गमा यथोचित ध्यान नदिएको, राष्ट्रिय गौरवको आयोजनामा दु्रत गतिमा काम नभएको, सुरुङ मार्ग निर्माणमा यथोचित काम नभएको, रेल सञ्चालन र पानी जहाज संञ्चालन आवश्यकता प्राथमिकतामा पुर्नहुदैन, छुट्याईएका आयोजनाका लागि विनियोजित बजेट न्यून नभएको टिप्पणी गरेका थिए । हेर्नुहोस् भिडियो 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: