×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनको विरोधमा बौद्धका व्यापारीहरु, व्यवसाय चौपट भएको भन्दै खोले पसल

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लकडाउनको विरोधमा बौद्धका व्यापारीहरु, व्यवसाय चौपट भएको भन्दै खोले पसल

Artha Sarokar

२० जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । झन्डै साढे दुई महिनाको निरन्तर लकडाउनले व्यवसाय चौपट भएको भन्दै बौद्धका ब्यापारीले पसल खोलेका छन् । बौद्धका ब्यापारीले व्यवसाय चौपट भएको भन्दै मंगलबार बिहान पसल खोलेका हुन् । व्यापारी हुल बाँधिएर आएर पसल खोलेपछि बौद्धमा केही समय अवस्था असहज बनेको थियो । व्यापारी धमाधम पसल खोल्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । 
सरकारले जेठ ३२ सम्म लकडाउन लम्ब्याएपछि सरकारको निर्णयको विरोध भइरहेको छ । लकडाउनको मोडालिटी परिवर्तन गर्न र जनजिवनलाई सामान्यतर्फ फर्काउन सरकारमाथी दबाब परिरहेको छ । सरकारले कोरोना भाइरस संक्रमणको नियन्त्रण तथा रोकथामका लागि चैत ११ गतेदेखि लकडाउन गरिरहेको छ । पछिल्लो समय कलकारखाना खोलिएपनि अन्य भने ठप्पै छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी