×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बजेटले देश निर्माणमा योगदान पुर्याउने नेताहरुको अपमान गर्‍याे’ : बेदुराम भुषाल (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

‘बजेटले देश निर्माणमा योगदान पुर्याउने नेताहरुको अपमान गर्‍याे’ : बेदुराम भुषाल (भिडियो रिपोर्ट)

२ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सरोकार मल्टीमिडिया ब्यूरो
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रिय सभा सदस्य बेदुराम भुसालले आगामी आर्थिक वर्षको बजेट विनियोजन सन्तुलित नभएको र देश निर्माणमा योगदान पुर्याउने नेताहरुलाई अपमान गरेको बताउनुभएको छ । राष्ट्रिय सभाको मंगलबारको बैठकमा विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकहरुमाथि छलफल गर्दै सांस्कृतिक रुपान्तरणको कुनैपनि कार्यक्रम बजेटमा नआएको र देशको परिवर्तनका लागि लडेका नेताहरुको स्मृतिमा सञ्चालन गरेका कार्यक्रमलाई बजेट नदिएर नेताहरुको अपमान गरेको बताउनुभयो । उहाँले सांस्कृतिक तर्फ मन्दिरको संरक्षण गर्ने बाहेक अरु कुनै पनि कार्यक्रम नराखेको बताउनुभयो । उहाँले विद्यालय निर्माणको काम गर्न कहिंकतै बजेट नछुट्याइएको तर मन्दिर बनाउन बजेट विनियोजन गरेको बताउनुभयो । 
अहिलेको आवस्यकता मन्दिर निर्माण भन्दा विद्यालयका भवन निर्माणलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने तर सरकारले त्यसतर्फ बजेट विनियोजन नगरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘राज्यले विद्यालय बनाउनका निम्ति कहिं बजेट छुट्याइएको छैन् । मैले देखिन विद्यायल भवन निर्माणका निम्ति यति बजेट, स्थानीय तहमा पठाइएको छ भनेर कहिं उल्लेख गरिएको छैन् । भनिएको छ स्थानीय तहमा हामीले प्राविधिक शिक्षा दिनेछौं । नीति कार्यक्रममा आएको छ बजेटमा आएको छ । तर स्थानीय तहमा प्राविधिक शिक्षालय खोल्नका निम्ति बजेट छुट्याइएको छैन् । तर मन्दिर बनाउनको निम्ति २ सय ३ मन्दिर बनाउनका निम्ति तिनिहरुको मर्मत सम्भार गर्नका निम्ति बजेट छुट्यइएको छ । आजको आवस्यकता के हो ? मेरो विचारमा आजको आवस्यकता मन्दिर भन्दा पहिले विद्यालय हो ।’
एक प्रदेश एक पर्यटकीय गन्तव्य बनाउँछौं भनेर नीति तथा कार्यक्रम आएको तर बजेटमा कुनैपनि प्रदेशमा पर्यटकीय गन्तव्य तोकेर बजेट नछुट्याइएको बताउनुभयो । उहाँले कतिपय ठाउँमा यसअघि गरिएका कार्यक्रममा बजेट रोकिएको बताउनुभयो । सहिद गंगालाल र नेपाली कम्युनिष्ट आन्दोलनका पुस्पलालको जन्मस्थल रामेछापको भगेरिमा बनाउन लागेको स्मृति पार्क र विपी कोइरालाको पुख्र्यौली थलो सिन्धुलिको दुम्जामा पनि स्मृति पार्क बनाउन भनेर सुरु गरिएको तर ति दुवै योजनामा यसपटक बजेट नछुट्याइएको बताउनुभयो । नेताहरुको विचारले मुलुकमा परिवर्तन आएको तर तिनै नेताको स्मृतिमा गरिएका कार्यक्रमलाई रोकेर अपमान गरिएको बताउनुभयो । 
उहाँले बजेटको सुरुमा नेताहरुको सम्मान गर्छु भन्ने तर तिनै नेताहरुको सम्मानमा सञ्चालन गरिएको कार्यक्रमहरु रोकेर अपमान गरिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘यहाँ एकजना माननियजीले भन्नुभयो सारा नेताहरुका नाममा जाने बजेट क्यान्सिल गर्नुपर्छ भनेर मैले त क्यान्सिल भएको देखे । मेरो त आपत्ति छ क्यान्सिल गरेकोमा । किन आपत्ति छ भने तिनै नेताहरुको विचारले यो मुलुकमा परिवर्तन लिएको छ । तिनै नेताहरुले बनाएको संगठनको बलमा आज हामी सत्तामा छौं आज हामी संसदमा छौं । दुनियाभरी राष्ट्रका निम्ति योगदान गर्ने नेताहरुको, परिवर्तनका निम्ति योगदान गर्ने नेताहरुको कदर गरिन्छ सम्मान गरिन्छ, पुरस्कारहरु स्थापित गरिन्छ र कार्यक्रमहरु सञ्चालन गरिन्छ । 
हामीले पनि सुरु गरेका थियौं । वर्तमान अर्थमन्त्री आएपछि पुष्पलाल स्मृति प्रतिस्ठान, विपी स्मृति प्रतिस्ठान, गणेशमान स्मृति प्रतिस्ठान, मनमोहन स्मृति प्रतिस्ठान लगायतका प्रतिस्ठानले गरेका राम्रा कामहरु थिए । त्यहाँ अनियमितता भएका छन भने छानविन गर्नुप¥यो । त्यहाँ अनियमितता भएको छ भने नियन्त्रण गर्नुप¥यो । होइन भने ति नेता जसका नेता जुन नेताका विचारले आज मुलुकमा परिवर्तन ल्याएको छ जुन नेताले निर्माण गरेको संगठनको बलमा आज हामी सत्तामा छौं मन्त्री छौं प्रधानमन्त्री छौं ति नेतालाई अपमान गर्ने काम भएको छ । मैले यो बजेटको सुरुवातमै एउटा बाक्य सुन्न पाएको थिए र मलाई खुसि लागेको थियो । मुलुकमा लोकतन्त्र ल्याउनको निम्ति योगदान गर्ने त्याग गर्ने अग्रज नेताहरुको सम्मान गर्छु भनेर यहाँ लेखिएको थियो । तर जव विनियोजन हेरे मैले त्यहाँ मैले पाए ति नेताहरुलाई सम्मान होइन अपमान गरिएको छ । यो अपमानलाई अन्त्य गरियोस ।’ हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: