×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा थप १० जनाले जिते कोरोना, अस्पतालबाट डिस्चार्ज, मुख्यमन्त्री पोखरेलले दिए बधाई !

PRIME CA

नेपालमा थप १० जनाले जिते कोरोना, अस्पतालबाट डिस्चार्ज, मुख्यमन्त्री पोखरेलले दिए बधाई !

२५ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
दाङ । दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा १० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा दाङका दुई, बाँकेका पाँच, कपिलवस्तुका दुई र बर्दियाका एक जना रहेका छन् । उनीहरुलाई आइतबार डिस्चार्ज गरिएको अस्पतालका ब्यवस्थापन दोर्ण वलीले जानकारी दिए । साथै उनीहरुलाई प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बधाई दिएका छन् ।
अन्य पाँचजनामा अहिलेसम्म कोरोनाको लक्षण नै न नभएपछि डिस्चार्ज गरिएको वलीले जानकारी दिए । उपचारमा राखिएको २०/२२ दिनसम्म पनि कुनै लक्षण नदेखिएपछि सरकारले गरेको परिपत्रका आधारमा डिस्चार्ज गरिएको हो । स्वास्थ्य मन्त्रालयले कोभिड–१९ केशको आइसोलेसन व्यबस्थापन सम्बन्धि निर्देशिकामा कुनै पनि लक्षण नदेखिएपछि संक्रमितलाई १४ दिनपछि डिस्चार्ज गर्ने भनी उल्लेख छ ।
अब अस्पतालमा ४५ जना संक्रमितको उपचार भइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: