×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बेसार बेचेर मात्र भारतले नेपालबाट दश महिनामा २८ करोडको पैसा लग्यो ! यूरोप र पश्चिम एशियामा पनि माग बढ्यो !

PRIME CA
GLOBAL IME BANK

बेसार बेचेर मात्र भारतले नेपालबाट दश महिनामा २८ करोडको पैसा लग्यो ! यूरोप र पश्चिम एशियामा पनि माग बढ्यो !

७ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । अहिले काठमाडौँमा केहिको चर्चा सबैभन्दा बढी छ भने, त्यो हो बेसार । राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बेसारले कोरोना निको हुने अभिव्यक्ति दिएपछि बेसारको चर्चा झन् बढेको छ । भारत, पाकिस्तान, हाईटी जमाइका, चाइना र पेरु बेसारका प्रमुख उत्पादक देशहरु हुन् । नेपालमा मात्र पछिल्लो १० महिनामा भारतबाट २८ करोडको बेसार आयात भएको देखिन्छ ।
नेपाली बजारमा बेसारको औषत प्रतिकिलो मूल्य तीन सय रुपैयाँ छ । नेपालमा बेसार मात्रै कति उत्पादन हुन्छ भन्ने यकिन अध्ययन नभएपनि बेसार लगायतको मसला बालीको उत्पादन आव ७५ ७६ को तुलनामा ९.५ प्रतिशतले बृद्धि भएर ५ लाख ५० हजार २८१ मेट्रिक टन पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालले जनाएको छ । यता यूरोप र पश्चिम एशियामा बेसारको माग बढेको छ । बेसारको कच्चा पदार्थको मात्रै माग तीन सय प्रतिशतले बढेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
नेपालले चालु आर्थिक वर्षको १० महिनामा २७ करोड ९५ लाख ११ हजार रुपैयाँ बराबरको बेसार तथा यसका कच्चा पदार्थ आयात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । विभागको तथ्यांक अनुसार चालु आर्थिक बर्षको साउनदेखि वैशाखसम्म ९८ लाख १० हजार बराबरको २ लाख २५ किलो ताजा बेसार, यस्तै तीन करोड ७१ लाख ९८ हजार रुपैयाँ बराबरको दुई लाख २५ हजार ७ यस ४१ किलो धूलो बेसार र २३ करोड २५ लाख ३ हजार रुपैयाँ बराबरको १८ लाख ४९ हजार ८७ किलो बेसार तथा बेसारजन्य पदार्थ आयात भएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: