
- अर्थ सरोकार सम्बाददाता
चितवन । चितवनको भरतपुर अस्पतालबाट १९ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमध्ये तीन जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि र बाँकी १६ जनाको १४ दिनसम्म पनि कोरोना संक्रमणको लक्षण नदेखिएपछि भएको हो ।
डिस्चार्ज हुनेहरु भरतपुर महानगरका १० जना, माडी नगरपालिकाका ६ जना, नवलपरासी बर्दघाट–सुस्ता पूर्वका २ जना र कपिलवस्तुका १ जना रहेका छन् ।
प्राप्त जानकारी अनुसार सोमबार साँझ ३ जना घर गएका छन् भने १६ जना आज मंगलबार घर जाँदै छन् । १९ जना डिस्चार्ज भएपछि अस्पतालमा अब ११ जना उपचाररत छन् । यसअघि अस्पतालबाट उपचार पाएर ९ जना संक्रमित फर्किएका थिए । एकजनाको मृत्यु भएको थियो ।
अस्पतालमा कोरोना संक्रमित ४० जनाले उपचार गराएका छन् । संक्रमितहरुलाई अस्पतालको सर्जिकल वार्डमा राखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्