
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । हुन त यो देशमा एकमात्र त्यस्तो शपिङ मल जसलाई कसैले पनि छुन सक्दैन, त्यो हो भाटभटेनी । देशमा पूर्ण लकडाउन हुँदा पनि रक्सी बेच्नसमेत नछोडेको यो सुपरस्टोरलाई कोरोनाका बेला रुघा लागेका कर्मचारी राख्दासमेत कसैले कारवाही गर्न सकेन । बर्षौं भयो विभिन्न कुरामा भाटभटेनी पटक-पटक विवादमा आएको । तर अहँ स्थानीय प्रशासनको दम छैन भाटभटेनीलाई कारवाही गर्न ।
यस्तै पावरको दुरुपयोग गरेर लकडाउनपछि खल्ती रित्तिएका ग्राहकहरुलाई झन् ठग्न थालेको छ भाटभटेनीले। ‘लकडाउनभन्दा २ दिन अघिमात्र ७०० रुपैयाँमा किनेको त्यहि समान अहिले नयाँ स्टिकर राखेर ९९५ रुपैयाँमा बेच्न थालिएको छ । सामान त्यहि हो, जुन मैले लकडाउनको २ दिन अघि किनेको थिएँ, र स्टक पनि त्यहि रहेछ । तर लकडाउनका बेला ग्राहकहरुसँग पैसा नभएका बेला स्टोरले ठग्न थालेको छ ।’ भक्तपुरका समिर श्रेष्ठले अर्थ सरोकार डटकमसँग गुनासो पोखेका छन् ।
पूरानो समानलाई नयाँ भनेर बेचिएकोसमेत उनको गुनासो छ । ‘पूरानो स्टिकरमाथि नयाँ स्टिकर राखिएको छ । जुन प्रष्ट देख्न सकिन्छ ।’ भाटभटेनीबाट ठगिएका ग्राहक श्रेष्ठ भन्छन्, ‘यस्तो महामारीका बेला पनि अनेक जुक्ति लगाएर जनता ठग्नेलाई किन कारवाही हुँदैन ?’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्