×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कञ्चनपुरको भीमदत्त नगरपालिकाले ल्यायो एक अर्ब ४६ करोडको बजेट, नयाँ कार्यक्रम के-के आए ?

PRIME CA

कञ्चनपुरको भीमदत्त नगरपालिकाले ल्यायो एक अर्ब ४६ करोडको बजेट, नयाँ कार्यक्रम के-के आए ?

५ असार २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ४६ करोड ७५ हजारको बजेट विनियोजन गरेको छ । नगरपालिकाले नगर सभाबाट आगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरेको हो । यसअघि भीमदत्त नगरपालिकाले एक अर्ब ३० करोड बजेट विनियोजन गरेको थियो । 
भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले कोरोनालाई मध्यनजर गरी स्वास्थ्य, शिक्षा, रोजगार, उत्पादनलाई प्राथमिकता दिएर नीति, कार्यक्रम र बजेट बनाइएको बताए । सभामा सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वराज्यमन्त्री प्रकाश रावलले नगरसभाबाट पारित योजना कार्यान्वयनका लागि प्रदेश सरकार सहकार्य गर्ने बताए । 
उनले भारतबाट घर फर्किएका नागरिकलाई रोजगारी दिने गरी बजेट ल्याउन आग्रहसमेत गरे । यस्तै प्रदेशसभा सदस्य मानबहादुर सुनारले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह, महाकालीमा चार लेन पुल, मझगाउँ विमानस्थल, महाकाली अस्पताल सुधारलगायत ठूला योजनालाई तिनै तहको सरकारले प्राथमिकता दिएको बताए । 
साथै नगरसभामा अर्का प्रदेशसभा सदस्य लालबहादुर खड्काले स्थानीय तहका मागअनुसारका योजनालाई प्रदेश सरकार प्राथमिकता दिने बताए । प्रदेश सरकारले कोरोना महामारीलाई सम्बोधन हुने गरी कृषिलाई आधुनिकीकरण, व्यवसायीकरणका कार्यक्रम ल्याएको र बजेटमा एक सहकारी एक उत्पादन, गरिब पहिचान, योग खेलकूद कार्यक्रम, एक वडा एक उत्पादन, करेसाबारी निर्माणलगायतका नयाँ कार्यक्रम समावेश गरिएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: