भोजपुर । भोजपुरको पौवादुङमा नौ जनाको आरडिटी परीक्षण नतिजा पोजेटिभ आएपछि गाउँपालिका सिल गरिएको छ । मङ्गलबार ३३ जनाको आरडिटी परीक्षण गर्दा स्वास्थ्यकर्मीसहित नौ जनाको रिपोर्ट पोजेटिभ आएपछि समुदायमा सङ्क्रमण फैलिन नदिन सबै वडा सिल गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष किरण राईले भन्नुभयो, ‘आरडिटी परीक्षण गर्दा छ स्वास्थ्यकर्मीसहित नौ जनाको रिपोर्ट पोजेटिभ देखिएपछि थप सतर्कता अपनाउन गाउँपालिका नै सिल गर्ने निर्णय गरेका छौँ, आरडिटी किट अभावले अन्यको परीक्षण गराउन सकिएन, आवश्यक स्वास्थ्य सामग्रीका लागि प्रदेश सरकारलाई माग गर्नेसमेत आकस्मिक बसेको कार्यपालिकाको बैठकले निर्णय गरेको छ ।’
आरडिटी पोजेटिभ आएका सबैलाई वडा नं १ श्यामशीलास्थित राधाकृष्ण माध्यमिक विद्यालयको आइसोलेसन वार्डमा राखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्ञानु दाहालले जानकारी दिनुभयो । उनीहरुको आज स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाउने तयारी रहेको पनि उहाँले जानकारी दिनुभयो । गाउँपालिकामा स्वाब सङ्कलनमा लागि १० वटा मात्र भिटिएम रहेको संयोजक दाहालको भनाइ छ । पुनः आज सात जनाको पनि आरडिटी पोजेटिभ आएको छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्