
- अर्थ सरोकार मल्टीमिडिया ब्यूरो
काठमाडौं । विनियोजन विधेयकमाथि २०७७ माथि राष्ट्रियसभामा उठेका प्रश्नहरुको जवाफ सम्बन्धित मन्त्रीहरुले दिएका छन् । विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकमाथि उठेका प्रश्नहरुको जवाफ बुधबार सम्बन्धित मन्त्रीहरुले दिएका हुन् ।

बिना मगर मन्त्री, खानेपानी तथा सरसफाई मन्त्रालय
खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले यहि महिनाभित्र मेलम्चीको पानी सुरुङभित्र परीक्षण गरिने बताउनुभयो । प्रश्नहरुको जवाफ दिँदै उहाँले लामो समयसम्म आयोजना सम्पन्न नहुँदा देशबासीलाई निराश बनाएको उल्लेख गर्दै चालु आर्थिक वर्षभित्र खानेपानी वितरण गर्ने वैकल्पिक व्यस्था अनुसारको कार्यक्रम भौतिक रुपमा सम्पन्न गरी अर्को आर्थिक वर्षमा सञ्चालन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘असारको पेरिफेरीमा टन्नेलभित्र पानी टेष्टिङको प्रकृयामा अगाडी बढ्नेछ । त्यो सकिएपछि सुन्दरीजलमा झार्ने छौँ । र यता आएपछि केयुकेएलले वितरण गर्ने छ । सुन्दरजलमा झरेपछि काठमाडौंबासीको घरमा स्वच्छ पानी जानेमा संका नगर्न आग्रह गर्दछु ।’अहिलेको अवश्यकता अनुसार क्वारेन्टाइन तथा होल्डिङ सेन्टरहरुमा स्वच्छ खानेपानी सरसफाईको काम तिव्र गतिमा अगाडी बढेको उहाँले बताउनुभयो ।

पद्मा अर्याल मन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सीमा क्षेत्रमा निर्माण हुँन बाँकी पिलरहरुको खोजिकार्य जारी रहेको बताउनुभएको छ । जम्मा ८ हजार ५ सय ५३ वटा स्तम्भ रहेकोमा अहिलेसम्म ६ हजार निर्माण भइसकेको र २५ सय निर्माणको क्रममा रहेको उहाँलेब ताउनुभयो । बाँकी पुर्नस्थापना गर्नुपर्नेहरु स्तम्भहरुको खोजिनीति भइरहेको उहाँले बताउनुभयो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्