×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मेलम्चीकाे पानी असार मसान्तमा सुन्दरीजलसम्म आइपुग्छ’ : मन्त्री मगर (भिडियो)

PRIME CA
GLOBAL IME BANK

‘मेलम्चीकाे पानी असार मसान्तमा सुन्दरीजलसम्म आइपुग्छ’ : मन्त्री मगर (भिडियो)

११ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

अर्थ सरोकार मल्टीमिडिया ब्यूरो 
काठमाडौं । खानेपानी तथा सरसफाईमन्त्री बिना मगरले असार मसान्तमा मेलम्चीको पानी सुन्दरीजलसम्म आइपुग्ने बताउनुभएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति बैठकमा मन्त्री मगरले भौतिक निर्माणतर्फ १ प्रतिशतमात्रै काम बाँकी रहेको उल्लेख गर्दै असार मसान्तमा सुन्दरीजलमा पानी आइपुग्ने बताउनुभयो । अस्थायी डाइभर्सनका लागि आवश्यक भौतिक पूर्वाधारको काम ९९ प्रतिशत सकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘असारसम्म भौतिक काम सम्पन्न हुन्छ । राष्ट्रियसभा, प्रतिनिधिसभामा प्रतिवद्धता जनाइसकेका छौँ । र नीति तथा कार्यक्रममा पनि यो विषय समेटिएको छ । असार मसान्तमा टेष्टिङ र नयाँ आर्थिक वर्षमा व्यवस्थित ढंगले वितरण प्रकृया अगाडी बढ्छ ।’’
समिति सभापति कल्याणी कुमारी खड्काले सुन्दरीदलसम्म पानी खसाल्नुले मात्रै आयोजना पुरा नहुने भएकाले काठमाडौंबासीको घरघरमा पानी पुर्याउने कुरालाई ध्यानमा राख्न मन्त्रालयलाई निर्देशन दिनुभयो । त्यहाँका स्थानीयबासीहरुको समस्या समाधान गरी निर्वाध रुपमा मेलम्चि सञ्चालन हुने व्यवस्था मिलाउन पनि समितिले मन्त्रालयलाई निर्देशन दिएको छ । सांसदहरुले खानेपानी आयोजनाको कुल लागत, स्थानीयका समस्या समाधान र कहिलेसम्म पानी काठमाडौंमा आइपुग्छ भन्दै प्रश्न गरेका थिए । सांसद बहादुर सिंह लामाले सिएमसी कम्पनीले छोडर गएपछि भएको ४ प्रतिशत कामको लागत कति हो र अब कति लागत लाग्छ भन्दै प्रश्न गर्नुभएको थियो ।
सांसद गणेश पहाडीले सिएमसीले सप्लायर्स र लोकल भेण्डरहरुलाई दिनुपर्ने भूक्तानीका विषयमा के भइरहेको छ भन्दै प्रश्न गर्नुभयो । सांसद रंगमती शाहीले अहिलेसम्म जनताले मेलम्चिको पानी किन खान पाएनन भन्दै प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘दशैमा पानी आउँछ भनेर मन्त्री ज्यू जोशिनुहुन्छ । जोश इच्छाशक्ति ठूलै देखिन्छ । पावर पनि ठूलै देखिन्छ तर जनताले पानी खान किन पाएनन् ।’
मेलम्चि आयोजनाका अनुसार अब सुरुङ र पानी प्रशोधन केन्द्रबीचको पाइप जडानको १० प्रतिशत काम बाँकी छ । अनुगमन उपकरण जडानतर्फ आपूर्ति र जडानको काम भइरहेको आयोजनाले जनाएको छ । रक डबेल जडान ग्राउण्डिङ, इन्र्भट कंक्रिट हाइड्रो मेकानिकल गेट जडान सम्पन्न भएको आयोजनाले जनाएको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: