×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विराटनगर र इटहरीमा रहेका बैंकका सबै शाखा आजदेखि खुले, दूरी कायम र सावधानी अपनाउन राष्ट्र बैंकको निर्देशन !

PRIME CA
GLOBAL IME BANK

विराटनगर र इटहरीमा रहेका बैंकका सबै शाखा आजदेखि खुले, दूरी कायम र सावधानी अपनाउन राष्ट्र बैंकको निर्देशन !

२१ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

विराटनगर
  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । विराटनगरमा रहेका बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण शाखाहरु आज (बुधबार) बाट संचालनमा आउने भएका छन् । कोरोना भाइरस (कोभिड-१९)ले माहामारीको रुप लिएपछि नेपाल चैत्र ११ गतेदेखि लकडाउनको अवस्थामा रहेको छ । सो अवधिमा विराटनगरसहित जिल्लाभरका शाखाहरूले दिन तोकेर मात्रै सेवा दिँदै आइरहेका थिए । तर आजबाट सम्पूर्ण शाखा संचालनामा आउने नेपाल राष्ट्र बैंक विराटनगरका प्रमुख रोशन सिग्देलले जानकारी दिए ।
उनले कारोबार गर्न आउनेको संख्या बढेपछि सबै शाखा खोल्ने निर्णय भएको बताए । बैंक तथा वित्तीय संस्थामा सेवा लिन आउने सेवाग्राहीहरुलाई सामाजिक दूरी कायम गराउने र अरू सावधानी अपनाउन पनि निर्देशन दिइएको उनले जानकारी दिए । यस्तै सुनसरीमा पनि अधिकांश क्षेत्रमा बैंकका सबै शाखा सञ्चालन आएका छन् भने सुनसरीको इटहरी उपमहानगरपालिकाले सबै शाखा सञ्चालनमा आएको जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: