- अर्थ सरोकार सम्बाददाता
विराटनगर । दुबईबाट विराटनगर आएकी एक युवतीमा कोरोना संक्रमण पुष्टी भएको छ । विराटनगर – १५ की २५ वर्षिया युवतीमा संक्रमण पुष्टी भएको हो । उनी दुबईबाट काठमाडौं हुँदै असार ९ गते विराटनगर पुगेकी हुन् ।
पीसीआर जाँचका लागि आइतबार उनको स्वाब संकलन गरिएको थियो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा कोरोना जाँच गर्दा सोमबार उनको रिपोर्ट पोजेटिभ देखिएको हो । योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ११ पुगेको छ ।