
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । कोरोना महामारीको बेलामा पनि कर उठाउने संघीय सरकारको नीतिको विरोधमा वीरगञ्जमा प्रदर्शन भएको छ । वीरगञ्जको घण्टाघरमा सामाजिक दुरी कायम राखेर समाजवादी युवा संघका नेता तथा कार्यकर्ताहरुले बुधबार सरकारको विरोध गरेका हुन् । लकडाउन अवधिभरको कर, बैंक ब्याज, बिजुलीको बिल, स्कुल तथा कलेजको शुल्क र घर भाडा मिनाहको माग गर्दै जनता समाजवादी पार्टी निकट संघका नेता तथा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन् ।
प्रदेश २ लाई विशेष आर्थिक प्याकेज घोषणा गर, मलखाद तथा बिउबिजन सुलभ रुपमा उपलब्ध गराउने गराऊ, आरटी पीसीआर किट पर्याप्त मात्रामा उपलब्ध गराऊ, विदेशमा फसेका नेपालीलाई अबिलम्ब उद्धारको व्यवस्था मिलाऊ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरिएको युवा संघका नेता फिरोज मन्सुरले जानकारी दिए । सरकारले जनताको दुःख नबुझेका कारण सांकेतिक रुपमा विरोध गर्दै राज्यको ध्यानाकर्षण गराइएको संघका प्रदेश सदस्य शिव कुमार साहले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्