×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आर्थिक राजधानी वीरगञ्जका पसलहरु भए खुला, चहलपहल बढ्यो

PRIME CA

आर्थिक राजधानी वीरगञ्जका पसलहरु भए खुला, चहलपहल बढ्यो

२५ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

वीरगञ्जकाठमाडौं । स्थानीय प्रशासनको अनुमतिले बजारमा रहेका पसल खुला भएपछि देशकै आर्थिक राजधानी वीरगञ्ज बजारमा सर्वसाधारणको चहलपहल बढेको छ । लक डाउनलाई खुकुलो बनाउँदै जिल्ला प्रशासन कार्यालय पर्साले जोरबिजोर पद्धतिमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म पसल सञ्चालन गर्न अनुमति दिएपछि वीरगञ्ज बजारमा सर्वसाधारणको चहलपहल बढेको हो ।
समाजिक दूरीलाई कायम राख्दै कपडा, बिजुली, इलेक्ट्रोनिक्स, खाद्यान्नलगायतका पसल सञ्चालनमा आएपछि वीरगञ्जका व्यापारी र उपभोक्ता दुवै खुशी भएका छन् । कोरोना भाइरसबाट सङ्क्रमित फेला पर्ने क्रम जिल्लामा कम भएपछि लकडाउनलाई खुकुलो बनाउँदै जोरबिजोर पद्धतिमा पसल सञ्चालन गर्न अनुमति प्रदान गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । 
उनले कोरोनाका कारण अवरुद्ध भएको आर्थिक गतिविधि बजार खुलेसँग विस्तारै सहज हुँदै जाने विश्वास व्यक्त गरे । उनले सर्वाजनिक तथा निजी सवारीका साधन सञ्चालनमा रोक लगाउँदै मास्कको प्रयोगलाई पर्सामा अनिवार्य नै राखिएको बताए ।
सहज परिस्थितिमा सरसामान खरिदका लागि बारा, पर्सा, रौतहट, सर्लाही र मकवानपुरबाट समेत उपभोक्ता वीरगञ्ज बजारमा आउने गरेका छन् । जिल्लामा रहेको औषधि, किराना तथा दूध, तरकारीलगायतका उपाभोग्य वस्तुको पसल निर्वाधरूपमा सञ्चालन गर्न स्थानीय प्रशासनले अनुमति दिएको छ । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: