- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । वाणिज्य बैंकका सीइओहरुको संगठन नेपाल बैंकर्स संघले वाणिज्य बैंकहरुलाई ऋणपत्र निष्काशन अनिवार्य नगर्न माग गरेको छ । संघले मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंक समक्ष सुझाव दिँदै वाणिज्य बैंकहरुलाई ऋणपत्र निष्काशन अनिवार्य नगर्न माग गरेको हो ।
संघले २५ प्रतिशत अनिवार्य रुपमा ऋणपत्र जारी गर्नुपर्ने व्यवस्थालाई ऐच्छिक बनाउन आग्रह गरेको हो । अहिले बैंकहरुले आफ्नो चुक्ता पूँजी को न्युनतम २५ प्रतिशत बराबर अनिवार्य रुपमा ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था छ । यस्तै संघले लकडाउनका कारण ऋणीलाई समस्या परेको भन्दै क्यापिटल लोनको सीमा २० प्रतिशतले बढाउनुपर्ने माग राखेको छ ।