
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० हजार नजिक पुगेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म ब्राजिलमा २९ हजार ९२७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।
सोमबार सार्वजनिक गरिएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा कोरोना भाइरसबाट ६२३ जनाको मृत्यु भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा ११ हजार ५९८ नयाँ संक्रमित फेला परेका छन् । यससँगै ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि पाँच लाख २६ हजार ४४७ पुगेको छ ।
संक्रमित संख्याको हिसाबमा ब्राजिल अमेरिकापछि सबैभन्दा प्रभावित हुने मुलुक हो । कोरोना भाइरसको विषयमा ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोको बेवास्ताको कारण पनि उल्लेख्य मात्रामा संक्रमितको संख्या बढिरहेको भन्दै मुलुकभित्र र बाहिर उनको आलोचना भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्