
- अर्थ सरोकार सम्बाददाता
नुवाकोट । जुवाखालबाट रंगेहात पक्राउ परेका प्रभु बैंकका ब्रान्च मेनेजरले म्यारिज खेल्नेहरुलाई जुवाडे भन्न नमिल्ने बताएका छन् । केहि समय अगाडी प्रहरीले एक लाखभन्दा बढी रुपैयाँसहितको खालबाट पक्राउ परेका उनले रिहाइ भएपछि फेसबुकमा बौद्धिक खेल ‘म्यारिज’ खेल्ने बैंकरलाई जुवाडे भन्न नमिल्ने बताएका हुन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटले शनिबार भीआइपी भनिएको जुवा खालमा छापा मार्दा प्रभु बैंकका शाखा प्रबन्धसहित १० जुवाडे पक्राउ परेका थिए ।
आफुलाई पक्राउ परेको खबर विभिन्न संचारमाध्यममा आएपछि उनले फेसबुकमा लेखेका छन्:
मेरा नजिकका बौद्धिक पत्रकार मित्रहरु ।
एउटा बैंकर जो आइतबारदेखि शुक्रबार सम्म बिहान ९ बजेदेखी बेलुकी ७ बजेसम्म बैंकमा ब्यस्त हुन्छ । शनिबार बिदाको दिन खाजा खाँदा, होटेल जाँदा, साथिभाइसँग भेटघाट र रमाइलो गर्दा, भनौँ तास ( बौद्धिक खेल म्यारिज जुन मोनोरोगिहरुलाइ डाक्टरले खेल्न भनिन्छ) खेल्दा या हेर्दा जुवाडे बन्छ भनेर लेख्ने पत्रकारलाई म के भनौ ?
तपाईं कुन पत्रकारिता गर्दैहुनुन्छ?? श्वेत या पित ? घटना के हो ? परिदृश्य के हो ?समाचार के हो ? लेख के हो ?रचना के हो ? बास्तबिकता के हो ? यसको गहिराइ के हो र आधिकारिकता के हो भन्ने थाहा नपाइ तपाइले कुनै अन्लाइनमा छापिरहदा, कुनै व्यक्तिले सुराकीको भरमा चौकी पुर्याइरदा, तपाईं थपडी मारी टोलभरिकालाइ जम्मा गराइरहदा लागेन तपाइलाइ रत्तिभर सरम , लागेन भोलि त्यहि दाजुभाइ साथी चाहिन्छ भनेर ?
जिल्लामा म र मेरो बैंकले तपाइको गाउँ ठाउमा गयेर बैकिङ सेवा दियेको भुल्दा लाज लागेन तपाइलाइ जहाँ जो कोहि बैक जान नमानेको अवस्था थियो ।आज प्रभु बैक नुवाकोटले प्रत्येक वाडाबाट स्याबासी पाउँदा, नगरपालिका बाट प्रशम्सा पाउँदा स्वयम् हेड अफिसबाट स्याबासी पाउँदा तपाइले समाचार बनाउने कष्ट
कुनै बेला गर्नु भो ? के एउटा कर्तब्यनिष्ट बैकरलाई राजनितिक चङुलमा पारेर उसको ब्यक्तिगत विवरण चोरी चरित्र हत्या जस्तो जघन्य अपराध गर्ने सुनियोजित समाचार नै तपाईं को अनलाइन पोर्टल को खजना हो ?
मेरो संस्था प्रभु बैंक, मेरो पद र म सग जोडेर दुश्प्रचार गर्ने अधिकार न तपाइलाइ छ न कानुन मै छ। अहिलेको लकडाउन बाहिर जान नहुने अब्स्थामा मनोरन्जन्को लागि फुर्सद भएसम्म डाक्टर,वकिल,शिक्षक,पत्रकार,बैकर,सरकारी कर्मचारी, ब्यापारी,विद्यार्थी,गृहिणी,आर्मी,पुलिस कस्ले खेल्दैन अचेल तास (म्यारिज) ? के सबै जुवाडे तपाइको पत्रकारितामा ?
त्यसकारण कृपया संस्थासँग नाम जोडेर संस्थागत तथा व्यक्तिगत चरित्र हत्या हुनेगरी पत्रकारिताको मर्म भावना लाई लत्याइ आफ्नो पेशागत ख्याल नगरी कुनै समाचार नलेखिदिनुहुन अनुरोध गर्दछु ।
दिपक सिम्खडा,शाखा प्रबन्धक प्रभु बैंक लि, बट्टार शाखा ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्