×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खानेपानीका भ्रष्ट इन्जिनियर, जसले केहि वर्षमै कमाए १० करोड ‘अवैध’ सम्पत्ति…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

खानेपानीका भ्रष्ट इन्जिनियर, जसले केहि वर्षमै कमाए १० करोड ‘अवैध’ सम्पत्ति…

Artha Sarokar

१६ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिजन इन्जिनियर राजकुमार शाक्यविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । आयोगले शाक्यले १० करोड ७७ लाख ५० हजार ४ सय ५३ रुपैयाँ अवैध आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्धा दायर गरेको हो ।
२०४९ जेठ २ गते जिल्ला खानेपानी कार्यालय कञ्चनपुरमा ओभरसियर पदमा सरकारी सेवा प्रवेश गरेका शाक्यले २०७६ फागुन मसान्तसम्म १२ करोड ३९ लाख २४ हजार १४ रुपैयाँ आम्दानी गरेको अख्तियारको दाबी छ । यस अवधिमा उनको वैध आम्दानी १ करोड ६१ लाख ७३ हजार ५ सय ६१ रुपैयाँ मात्र हुने अख्तियारको भनाई छ ।
शाक्यले आफू र श्रीमतीको नाममा जग्गा खरिद, घर निर्माण र सवारी साधन खरिद गर्नुका साथै भान्जी नाता पर्ने व्यक्तिको नाममा समेत जग्गा किनेर लुकाएको पाइएको अख्तियारले जनाएको छ ।  शक्यले आफू र परिवारका सदस्यको नाममा मुद्धति खातामा रकम जम्मा पारेको र मुद्धति निक्षेप परिपक्व नहुँदै त्यसलाई धितो राखेर ऋण लिएको पाइएको अख्तियारले जनाएको छ । 
शाक्यविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९२० र दफा १६ को उपदफा ९२० बमोजिमसमेतको सजाय गरी गैरकानूनी आर्जन गरेको १० करोड ७७ लाख ५० हजार ४ सय ५३ रुपैयाँ विगो असुल गर्न अख्तियारले माग गरेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी