
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सेञ्चुरी बैंकले ३% अन्तरिम लाभांश सेयरधनीको डिम्याट खातामा पठाउन सुरु गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ३% अर्थात २५ करोड २४ लाख रुपैयाँबाट कर कट्टी गरी बाँकी रहने २३ करोड ९८ लाख रुपैयाँ लाभांश वितरण गर्न सुरु गरेकाे हाे ।
विश्वभर फैलिरहेकाे काेराेना भाइरसका कारण बैंककाे साधारणसभा स्थगित भएपछि बैंककाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट शेयरधनीलाई ३% लाभांश दिने घाेषणा गरेकाे हाे ।
यो लाभांश फागुन ३० गतेसम्म कायम रहेका शेयरधनीले मात्र पाउनेछन् । त्यसैगरी, कम्पनीले हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गराई हितग्राही खाता र बैंक खाताको विवरण बुझाउन आग्रह गरेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्