×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चौतारी र आरम्भ लघुवित्तबीच मर्ज कार्य सकियो, असार २२ गतेबाट एकीकृत कारोबार गर्ने तयारी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चौतारी लघुवित्त  र आरम्भ लघुवित्तबीच मर्जर कार्य सम्पन्न भएको छ । यी दुई संस्थाले मर्जर कार्य सम्पन्न गरी असार २२ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका हुन् । यी दुई संस्था १ः१ अनुपातमा मर्ज भएका हुन् ।
दुवै संस्थालाई एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले फागुन १८ गते अन्तिम स्वीकृति दिइसकेको छ ।मर्जर पश्चात आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था नाम रहनेछ । यसको केन्द्रीय कार्यालय बनेपा नगरपालिकामा रहनेछ । दुवै कम्पनीको पुस ९ गते सम्पन्न सभाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेका थिए ।  आरम्भ र चौतारी लघुवित्तले मर्जर सम्बन्धी सहमति पत्रमा गत जेठ २२ गते हस्ताक्षर गरेका थिए ।
मर्जर सहमति भएसँगै नेप्सेमा यी दुवै लघुवित्तको सेयर कारोबार रोकिएको थियो छ । अहिले कोरोना कारण नेप्से बन्द अवस्था छ तर अब केहि दिनमा बजार खोल्ने तयारीमा नेप्से छ । कारोबार खुलेसंगै उक्त संस्थाको ससेयर कारोबार पनि खुल्नेछ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: