×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिनियाँ दमनविरुद्ध तिब्बतमा विद्रोह सुरु हुँदा पर्यटनमा धक्का, विदेशी पर्यटकलाई नियन्त्रणमा लिन थालिएपछि समस्या !

LAXMI SUNRISE BANK

चिनियाँ दमनविरुद्ध तिब्बतमा विद्रोह सुरु हुँदा पर्यटनमा धक्का, विदेशी पर्यटकलाई नियन्त्रणमा लिन थालिएपछि समस्या !

९ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जव जव कुनै देशमा बिद्रोह सुरु हुन्छ, आन्तरिक कलह सुरु हुन्छ, त्यस देशको पर्यटन क्षेत्र नमज्जासँग बिग्रिने गरेकोमा कुनै शंका छैन । जनयुद्धका बेला नेपालको पर्यटन क्षेत्रमा पनि समस्या आएको थियो । यस्तै चीनको हकमा पनि भएको छ । चिनियाँ सेनाको दमनविरुद्ध तिब्बतमा विद्रोह सुरु हुँदा र त्यसका कारण पर्यटन क्षेत्रमा प्रभाव पारेको छ ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सीआईएको लगानी रहेको रेडियो फ्रि एसियाले बेइजिङमा वैदेशिक कुटनीतिज्ञलाई र तिब्बतमा विदेशी पर्यटकलाई नियन्त्रणमा लिन थालिएको छ । चिनियाँ सेनाहरुले अहिलेसम्म म्यानमारमा जुन्ताले बौद्ध भिक्षु र विद्यार्थीहरुले आन्दोलन गर्न पूर्णरुपमा इन्टरनेट बन्द गरेजस्तो भने अवरुद्ध गर्न सकेका छैनन् । यद्यपी यस प्रकरणले त्यहाँको पर्यटन क्षेत्रलाई नमज्जासँग गिजोलेको छ । सन् १९५० मा खाम्पा विद्रोहपछिको यो सबैभन्दा ठूलो विद्रोह भएको बताइएको छ । तिब्बतमा हाल इन्टरनेट सेवा अवरुद्ध गरिएको छ भने लासामा सैन्य दमन सुरु भएको छ । 
बौद्ध भिक्षुहरुले गरेको शान्तिपूर्ण आन्दोलनलाई निस्तेज पार्न प्रहरीलेसमेत लाठीचार्ज गर्नुका साथै अश्रु ग्यास प्रहार गरिरहेको छ । चिनियाँ अधिकारीहरुले तिब्बतमाजस्तै आन्दोलन सिन्जियानमासमेत हुने हो कि भन्‍ने विषयमा चिन्तित बनेका छन् । यस प्रकरणमा भएको विद्रोहको मार भने त्यहाँको पर्यटन क्षेत्रलाई भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी