×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सङ्क्रमितको आफैँ व्यवस्थापन गर्दै माडी नगरपालिका, १७ श्ययाको आइसोलेसन तयारी

PRIME CA
GLOBAL IME BANK

सङ्क्रमितको आफैँ व्यवस्थापन गर्दै माडी नगरपालिका, १७ श्ययाको आइसोलेसन तयारी

३२ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
चितवन । कोरोना भाइरस सङ्क्रमितको व्यवस्थापन माडी नगरपालिकाले आफैँले शुरु गरेको छ । नगरपालिकाले माडी क्याम्पसमा आइसोलेसन कक्ष निर्माण गरी त्यहीँ सङ्क्रमित राख्न थालेको छ । नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार त्यहाँ सात सङ्क्रमित रहेका छन् । शुक्रबार सङ्क्रमण पुष्टि भएका आठमध्ये एक जनालाई भरतपुर अस्पताल पठाइएको छ भने सात जनालाई त्यहीँ राखिएको छ । माडी क्याम्पसमा १७ श्ययाको आइसोलेसन तयारी अवस्थामा छ । तेह्र श्यया थप गर्न लागिएको ढकालले जानकारी दिए ।
उनीहरुलाई सिसी क्यामेराको निगरानीमा राखिएको छ । चिकित्सकसहितको स्वास्थ्य टोली त्यहीँ तयारी अवस्थामा राखिएको छ । माडीको बघौँडा अस्पतालमा दुई श्ययाको भेन्टिलेटरसहितको सघन उपचारकक्ष निर्माण गर्न लागिएको छ । सङ्क्रमित दीर्घरोगी भएर ज्वरो आएमा भरतपुर अस्पतालको आइसोलेसनमा पठाउने भए पनि अन्यलाई माडीमै राखिने उहाँको भनाइ छ । सघन उपचारकक्ष बनेपछि सबैलाई माडीमा राखिने उहाँले बताए । नगरपालिकाले स्वाब परीक्षणका लागि किट आफैँले खरिद गर्न शुरु गरेको छ । पहिलो चरणमा २०० पिसीआर किट खरिद गरिएको उहाँले जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: