चितवन । बन्दाबन्दीका कारण बन्द रहेको ‘महानगर फलफूल तथा तरकारी बजार’ बुधबारदेखि सञ्चालनमा आएको छ । कोभिड–१९ को जोखिम हुन नदिन सो तरकारी बजार गत चैत १८ गतेदेखि बन्द गरिएको थियो । यसबाट कृषकले उत्पादन गरेको तरकारी खेर गएको थियो ।
भारतीय तरकारी बोकेका सवारी साधन बजारमा आउन थालेपछि जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाकै ठूलो सो तरकारी बजार बन्द गराएको थियो । जिल्लामा कोरोना सङ्क्रमित समेत देखिन थालेपछि स्थानीयवासीले तरकारी बजार बन्द गराउन दबाब दिएका थिए । अहिले पनि भारत तथा अन्य मुलुकबाट बजारमा तरकारी तथा फलफूल ल्याउन भने बन्द नै गरिएको छ ।
भरतपुर महागनरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ , कृषि ज्ञान केन्द्र, महानगर फलफूल तथा थोक बजार समिति र टोल विकास संस्थाबीचको संयुक्त बैठकले फलफूल तथा तरकारी बजार खुलाउने सहमति गरेको हो ।
सो बैठकले बिहान ६ देखि बेलुका ४ बजेसम्म सो बजार खोल्ने सहमति गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका सूचना अधिकारी माधव पौडेलले जानकारी दिनुभयो । तर पहिलो चरणमा सो बजारका थोक पसलमात्र खुल्नेछन् । यी पसलले स्वदेशीउत्पादन मात्र बिक्री गर्नुपर्ने नियम बनाइएको छ । महानगर फलफूल तथा तरकारी बजारमा ६० होलसेल पसल रहेका छन् । सो बजारमा तत्कालका लागि खुद्रा बेच्न भने रोक लगाइएको छ ।
उत्पादित तरकारी बजारसम्म पु¥याउन नसक्दा कृषक समस्यामा पर्दै आएका छन् । बजार खुल्ने भएपछि कृषकले केही राहतको महसुस गरेका छन् । यसअघि पनि कृषकले सामाजिक दूरी कायम राखेर प्रशासनलाई बजार खोल्नका लागि सहजीकरण गरिदिन अनुरोध गरेका थिए । जिल्लाकै ठूलो तरकारी बजार खुल्न नसक्दा लकडाउनको समयमा कृषकले बाहिरी जिल्लामा बिक्री गर्दै आएका छन् ।रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्