×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भैरहवाको सुनौली नाकाबाट ४७ जनालाई उद्धार, क्वारेन्टाइनमा राखियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

भैरहवाको सुनौली नाकाबाट ४७ जनालाई उद्धार, क्वारेन्टाइनमा राखियो

Artha Sarokar

२० जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. २८ ले भैरहवाको सुनौली नाकाबाट ४७ जनाको उद्धार गरेको छ । महानगरपालिकाको समन्वयमा बडा नं. २८ ले भारतको हैदरावादबाट सुनबल आएका ४७ जनाको उद्धार गरी ल्याएको हो । उद्धार गरिएकामा वडा नं. २८ का ३८ र अन्य स्थानका ९ गरी ४७ छन् । वडाध्यक्ष आशबहादुर कुमाल र स्थानीयवासी श्याम अधिकारीसहितको टोलीले महानगरले उपलब्ध गराएको बसमार्फत उनीहरुको उद्धार गरेको हो ।
वडाध्यक्ष कुमालका अनुसार वडा नं. २८ का ३८ जनासँगै वडा नं. २२ का ३ जना, १७ र २१ का दुई-दुई जना, राप्ती नगरपालिका वडा नं.८ र नवलपरासीको कावासोतीका समान एक-एक जनाको उद्धार गरिएको हो ।शुरुमा नाम टिपाउँदा सबैले आफ्नो ठेगाना वडा नं. २८ नै भने पनि उद्धारका लागि सुनवल नाका पुग्दा उनीहरु फरक–फरक वडाका पाइएको वडाध्यक्ष कुमालले बताए । 
वडा नं.२८ का ३८ जनालाई वडा कार्यालयले व्यवस्थापन गरेको क्वारेन्टाइनमा राखिएको छ । उनीहरुलाई सरस्वती माध्यमिक विद्यालय जितपुरको क्वारेन्टाइनमा राखिएको छ । यस्तै, केहीलाई शिशावास आधारभूत विद्यालय र लौखोरी आधारभुत विद्यालयको क्वारेन्टाइनमा राखिएको उद्धारमा खटिएका स्थानीय श्याम अधिकारीले जानकारी दिए । घर फर्किन चाहने थप नागरिकलाई पनि छिट्टै उद्धार गर्ने तयारी भइरहेको वडा कार्यालयले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी