- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । चोक-चोकका चिया पसल र गल्ली गल्लीका भट्टीहरुमा हरेकजसो भीड हुन्थ्यो कोरोना कहर अगाडीसम्म । साथी-भाई भेट्न होस् वा राजनीतिका गफ छुट्न, चिया पसल र भट्टी पसल नियमित ठाउँ हुन्थे । चुरोटको सर्को, र मदिराको चुस्कीसँगै गल्ली-गल्लीमा मौलाएको थियो छुट्टै अर्थतन्त्र । सानो बर्गका व्यापारीले आफ्नो रोजीरोटी चलाउने माध्याम अहिले बन्द भएको छ । चोक र गल्लीहरुमा आफ्नो छुट्टै ‘लोकल-ब्राण्ड’ बनाएका साइँलीका भट्टीहरु र काइँलीका चिया पसलहरु अहिले सुनसान छन् । बाँकी फोटो-कथामा हेर्नुहोस् ।