
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । ठुलै बिजय हाँसिल गरेझैं नेको इन्स्योरेन्स कोरोना दाबी भुक्तानीको कार्यक्रम विशेष औपचारिक कार्यक्रम गरेर नै सम्पन्न गर्न चाहान्थ्यो । यसका लागि उक्त कम्पनीले हप्तौंदेखि भुक्तानी रोकेको थियो । यहि गलत कामविरुद्ध अर्थ सरोकारले समाचार प्रकाशन गरेपछि चेक तुरुन्त दिने सल्लाह भयो । तै पनि फोटो नाखिचाई र खिस्स नहाँसी कहाँ हुन्थ्यो र ? कम्पनीले सानोतिनो भएपनि ‘भेटघाट’को कार्यक्रम बनायो ।
तर जे नगर्नुपर्थ्यो कम्पनीले त्यहि गर्यो । चेक हस्तान्तरण कार्यक्रममा सामाजिक दुरी कायम गरिएन । बीमक संघका अध्यक्षले मास्क नै लगाएका थिएनन् । कोरोना बीमाको दाबी भुक्तानीभन्दा पनि कोरोनाकै बारेमा सचेत गराउनुपर्ने यस्तो बेलामा न कसैको हातमा पन्जा थियो, न मास्कको ख्याल गरिएको थियो ।
चेक हस्तान्तरण कार्यक्रममा बीमक संघका अध्यक्ष समेत रहेका शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे, नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का, नेकोका सिएफओ गोकर्ण दुवाडी, कृषि विकास बैंकका उप महाप्रबन्धक तथा नेको इन्स्योरेन्सका सञ्चालक धुर्वचन्द्र गौतम, जनशक्ति विमागका उप महाप्रबन्धक दिर्घ बहादुर अर्याल, जनशक्ति विभागका प्रमुख निर्मल प्रसाद उपाध्याय र शाखा प्रमुख सुदिप भक्त आचार्य पनि सहभागी थिए । तर निकै पढेलेखेको बर्गमा कोरोनासम्बन्धि यतिसम्म सुरक्षाको चेत नभएको देखेर सबै तीनछक परेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्