×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागरिक लगानी कोषले असार २० मा बोलायो साधारणसभा, २२% बोनससहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नागरिक लगानी कोषले असार २० मा बोलायो साधारणसभा, २२% बोनससहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

Artha Sarokar

२९ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नागरिक लगानी कोषले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले वार्षिक साधारणसभा हुने मिति र स्थान तय गरेको छ । 
बैठकको निर्णय अनुसार कोषको वार्षिक साधारण सभा असार २० गते कोषको नयाँ भवन परिसर नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजेबाट शुरु गर्ने भएको छ । कोषले सभा प्रयोजनको लागि असार १० गते (एक दिन) बुकक्लोज गर्ने भएको छ । यस अनुसार असार ९ गतेसम्म कायम सेयरधनीले मात्र उक्त सभामा प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् ।  
सभामा कोषले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट २२% बोनस शेयर र कर प्रयोजनको लागि १.१६% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ । साथै, ८२.८४% हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पेश गरिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी