×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकले डाक्यो विशेष साधारणसभा, सहयोगीलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पेस गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिटिजन्स बैंकले डाक्यो विशेष साधारणसभा, सहयोगीलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पेस गरिने

Artha Sarokar

२० जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सिटिजन्स बैंकले जेष्ठ २७ गते विशेष साधारणसभा डाकेको छ । यस अघि स्थगित भएको विशेष साधारणसभा पुनः आह्वान गरेको हो । बैंकले यस अघि चैत्र १० गते तय भई स्थगित भएको विशेष साधारणसभा आगामी जेष्ठ २७ गते गर्ने निर्णय गरेको हो । 
बैंकको सभा प्रधान कार्यालय दरबारमार्ग स्थिति वेबिनार मार्फत हुने भएको हो । सभामा सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पेश हुने छ । सभाले सहयोगी विकास बैंकको १ सय कित्ता सेयर बराबर बैंकको शुन्य दशमलव ९१७६ कित्ता सेयर दिने गरी सेयर स्वाप रेसियो पारित गर्नेछ ।
सभाले प्राप्ति सम्बन्धि कार्य गर्न सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पनि पारित गर्ने छ । दुई बैंकबीच गत असार २२ गते प्राप्ति सम्बन्धमा हस्ताक्षर भएको थियो । बैंकले सहयोगी विकासलाई प्राप्ति गरेपछि बैंकको चुक्ता पूँजी ८ अर्व ६२ करोड २१ लाखबाट वृद्धि भई ९ अर्व ८ करोड ९८ लाख पुग्नेछ । चैत्र २ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन पाउने छन् । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी