×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मौसम : केही स्थानमा भारी वर्षाको सम्भावना

LAXMI SUNRISE BANK

मौसम : केही स्थानमा भारी वर्षाको सम्भावना

३२ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । केही स्थानमा भारी वर्षाको सम्भावना मनसुनी वायुको प्रभावले आइतबार देशको केही स्थानमा भारी वर्षा हुने भएको छ । शुक्रबार देशको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुनी वायुको प्रभावले आज प्रदेश नं १ र प्रदेश नं २ को एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन देशभर फैलिन एक साता लाग्ने मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।
नेपालमा मनसुन भित्रिएसँगै मौसमी गतिविधि बढ्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । हाल देशको प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको तराईका भूभाग तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, प्रदेश नं ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहनुका साथै प्रदेश नं १ र २ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
सोमबार देशभर पूर्ण बदली रही प्रदेश नं १, २, वाग्मती, गण्डकी र प्रदेश नं ५ का केही स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको बताइएको छ । मङ्गलबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली रही प्रदेश नं १, २, गण्डकी र प्रदेश नं ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम ३० दशमलव दुई डिग्री सेल्सियस रहेको छ । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी