×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वाणिज्य बैंकद्वारा जेठ ३० गतेसम्म ३१ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन, कर्जा लगानी कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

वाणिज्य बैंकद्वारा जेठ ३० गतेसम्म ३१ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन, कर्जा लगानी कति ?

Artha Sarokar

१ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । वाणिज्य बैंकहरुले गत चैत्रसम्म ३० खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । बैंकहरुमा चैत्र ३० गतेसम्म उक्त रकम जम्मा भएको हो । जेठ ३० सम्ममा आउँदा यो रकम बढेर ३१ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ ।
कोरोना भाइरसका कारण देश लकडाउनमा रहेका बेलामा पनि बैंक अत्यावश्यक सेवा भित्र परेका कारण शाखाहरु आलोपालो खुलेकाले जेठ ३० सम्ममा ३१ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन भएको हो । जुन दुई महिनाको अवधिमा बैंकमा ९१ अर्ब रुपैयाँ निक्षेप बढेको हो । 
यता कोरोनकै कारण उक्त अवधिमा बैंकहरुले कर्जा लगानी भने गर्न सकेका छैनन् । चैत ३० सम्म बैंकहरुले २७ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । दुई महिनाको अन्तराल अर्थात् जेठ ३० सम्ममा २७ खर्ब १५ अर्ब रुपैयाँमा झरेको छ । सरकारले आज (सोमबार)देखि लकडाउनलाइ अझै खुकुलो बनाएको छ । लकडाउन खुकुलो भएपछि कर्जा प्रवाह बढ्ने बैंकरहरुले अनुमान गरेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी