×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाले आक्रान्त बन्नेमा चौथौँ देश बन्यो भारत, एकैदिन थपिए १३ हजार बढी सङ्क्रमित (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कोरोनाले आक्रान्त बन्नेमा चौथौँ देश बन्यो भारत, एकैदिन थपिए १३ हजार बढी सङ्क्रमित (विवरणसहित)

Artha Sarokar

५ असार २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कोरोनाले प्रवाभित बनेका देशहरु भारत चौथौँ स्थानको सुचिमा परेको छ । भारतमा शुक्रबार एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएको विवरण सार्वजनिक भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट १३ हजार ५८६ जना सङ्क्रमित भएका छन् । सोही अवधिमा ३३६ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 
भारतमा कुल सङ्क्रमितको संख्या ३ लाख ८० हजार ५३२ पुगेको छ भने दुई लाख चार हजार ७११ जना सङ्क्रमणमुक्त भएका छन् । धेरै सङ्क्रमित महाराष्ट्र प्रदेशमा रहेका छन् । महाराष्ट्रमा अहिलेसम्म कुल एक लाख २० हजार ५०४ जना सङ्क्रमित भएका छन् । त्यसैगरी दोस्रो धेरै सङ्क्रमित रहेको तमिलनाडु प्रदेशमा ५२ हजार ३३४ जना र दिल्ली प्रदेशमा ४९ हजार ९७९ जना सङ्क्रमित भएका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी