×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्षण नदेखिएका कोरोना संक्रमितलाई घरमै राखिने, लक्षणको आधारमा अस्पताल भर्ना गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लक्षण नदेखिएका कोरोना संक्रमितलाई घरमै राखिने, लक्षणको आधारमा अस्पताल भर्ना गरिने

Artha Sarokar

२० जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सरकारले अब लक्षण नदेखिएका कोरोना संक्रमितलाई घरमै आइसोलेसनमा पठाउने तयारी गरेको छ । संक्रमित संख्या २ हजार नाघ्न लागेसँगै सरकारले यस्तो तयारी गरेको हो । स्वास्थ्य मन्त्रालयले एक महिनाअघि नै संक्रमित संख्यालाई मध्यनजर गर्दै संक्रमितको उपचार कसरी गर्ने भनेर कार्यदिशा तय गरेको थियो । सो कार्यदिशामा संक्रमित संख्यालाई चार वटा समूहमा वर्गीकरण गरी कसरी उपचार गर्ने भन्ने उल्लेख छ। जसअनुसार सुरूका २ हजार संक्रमित सबैलाई अस्पतालमै भर्ना गरेर उपचार गर्ने भन्ने उल्लेख छ । यस्तै, संक्रमित संख्या दुई हजार नाघेपछि लक्षण नदेखिएका संक्रमितलाई घरमै आइसोलेसनमा राखिने भनिएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले पनि अब लक्षणको आधारमा संक्रमितलाई अस्पताल भर्ना गरिने जानकारी दिए ।
अहिलेसम्म कोरोनाको लक्षण देखिएको भनेको स्वासप्रस्वासमा समस्या आउने, ज्वरो आउने, छाती दुख्ने, शरीर थकित महशुस हुने, स्वाद र गन्ध थाहा नपाउने आदि हो । तर नेपालमा केही संक्रमितमा वान्ता गर्ने समस्या पनि देखिएको छ । अब यस्ता लक्षण नभएका र सामान्य अवस्थामा रहेका संक्रमितलाई घरमै आइसोलेसनमा राख्ने सरकारले तयारी गरेको हो । पछिल्लो साता दैनिक डेढ सयभन्दा बढी संक्रमित संख्या बढेसँगै सरकारलाई संक्रमितहरूको व्यवस्थापन गर्न सकस परेको छ । संक्रमितहरूलाई तत्काल अस्पतालमा भर्ना गर्न सकिएको छैन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी