×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दक्षिण अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख नाघ्यो, संक्रमित संख्या कति ?

PRIME CA
GLOBAL IME BANK

दक्षिण अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख नाघ्यो, संक्रमित संख्या कति ?

१० असार २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । दक्षिण अमेरिका र क्यारेबियन राष्ट्रहरुमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । एएफपी समाचार संस्थाको गणना अनुसार मृत्यु भएकामध्ये आधाभन्दा बढी ब्राजिलका नागरिक छन् । दक्षिण अमेरिकामा कोरोनाभाइरसबाट सबैभन्दा प्रभावित मुलुकहरुमा ब्राजिल, मेक्सिको, पेरु र चिली रहेका छन् । यस क्षेत्रमा कूल संक्रमितको संख्या पनि करिब २१ लाख पुगिसकेको छ । 
ब्राजिलमा हालसम्म ५२ हजार ६४० जनाभन्दा बढीको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ भने ११ लाख ४५ हजार ९०६ जना संक्रमित छन् । ब्राजिलमा मृत्यु हुनेको संख्या संयुक्तराज्य अमेरिकापछि दोस्रो स्थानमा छ । पेरुमा पनि कोरोनाभाइरसबाट संक्रमितको संख्या २ लाख ६० हजार नाघेको छ । पेरुमा जारी अनिवार्य लकडाउन १०० दिन पुगेको छ । पेरुको छिमेकी राष्ट्र कोलम्बियाले क्वारेन्टिनको अवधि आगामी जुलाई १५ सम्म बढाएको छ । कोलम्बियामा २ हजार ४०४ जनाभन्दा बढीको मृत्यु हुनुका साथै ७४ हजारको हाराहारीमा मानिस संक्रमित छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: