
- अर्थ सरोकार सम्बाददाता
कैलाली । सुदूरपश्चिम प्रदेशमा क्वारेन्टाइनमा बसेपछि घर पठाइएकाहरुमा कोरोना सङ्क्रमण देखिन थालेको छ । १४ दिन क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षण रिपोर्ट नआउँदै घर पठाइएका व्यक्तिहरुमा सङ्क्रमण भेटिएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयले जेठ २९ गते लक्षण नदेखिएहरुलाई घर पठाउन पालिकालाई निर्देशन दिएको थियो । निर्देशन अनुसार सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा रहेका ३५ हजार भन्दा बढीलाई घर पठाइएको छ । तर घर पठाएका दुई सय ५० भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १४ दिनसम्म लक्षण नदेखिएपछि घर पठाएको तर रिपोर्ट पोजेटिभ आएको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवल मल्लले बताउनुभयो ।
डाक्टरको सल्लाह अनुसार नै उनीहरुलाई घर पठाएको पनि उहाँको दावी छ । लक्षण नदेखिएकालाई क्वारेन्टाइनबाट घर पठाउँदा कोरोना सङ्क्रमण समुदाय स्तरमा फैलिन सक्ने जोखिम बढेको डाक्टरले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्