×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमणबाट अमेरिकामा एकै दिन ७४३ जनाको मृत्यु, संक्रमित संख्या कति पुग्यो ?

LAXMI SUNRISE BANK

कोरोना संक्रमणबाट अमेरिकामा एकै दिन ७४३ जनाको मृत्यु, संक्रमित संख्या कति पुग्यो ?

२० जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
वासिङ्टन । संयुक्तराज्य अमेरिकामा सोमबार एकै दिन कोरोनाभाइरसको संक्रमणबाट ७४३ जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा मात्र एक लाख ६ हजारको कोरोना संक्रमणबाट ज्यान गएको छ । भाइरस फैलिन थालेयता अमेरिकामा १८ लाखभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन् । विश्वमै कोरोना संक्रमित र मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी छ । 
अमेरिकामा विभिन्न राज्यले कोरोनाभाइरसको प्रसार रोक्न सावधानीपूर्वक यसअघि घरभित्रै बस्न दिइएको आदेशलाई खुकुलो बनाउन थालेका छन् । तर अमेरिकाको राजधानी वासिङ्टन डिसी समेतका धेरैजसो प्रमुख शहरहरुमा एक अश्वेत नागरिकको मृत्युलाई लिएर भड्किएको हिंसाका कारण निषेधाज्ञा लगाइएको छ । मानिसहरु ती निषेधाज्ञालाई बेवास्ता गर्दै सडकमा खुलेआम निस्केपछि कोरोनाको संक्रमण बढ्ने खतरा बढेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी