
काठमाण्डौ । अमेरिकी अर्थतन्त्रमा कोरोनाभाइरसको प्रभाव एक दशकसम्म रहिरहने प्रक्षेपण गरिएको छ।अमेरिकाको कंग्रसे बजेट अफिस (सीबीओ) ले यस्तो प्रक्षेपण गरेको हो । सीबीओले सन् २०२० देखि २०३० सम्मको अवधिमा कोरोना प्रकोपका कारण अमेरिकाको उत्पादनमा ३ प्रतिशतको कमी आउने र यसले ७.९ ट्रिलियन डलरको घाटा लाग्ने अनुमान लगाएको छ ।
अमेरिकामा कोरोनाको प्रकोपका कारण यतिबेला करोडौँ मानिस बेरोजगार बनेका बेला यस्तो चेतावनी सार्वजनिक भएको हो । कोरोनाको प्रभाव कम गर्न अमेरिकामा खर्बौं डलर अर्थतन्त्रमा प्रवाह गरिए पनि यतिबेला अमेरिकाको अर्थतन्त्रमा ऐतिहासिक गिरावट देखिएको छ। अधिकांश घाटा आर्थिक गतिविधिमा देखिएको कमीका कारण उत्पन्न भएको सीबीओले जनाएको छ। “व्यापारव्यवसायमा प्रतिबन्ध र सामाजिक दूरीका उपायहरुले आमउपभोक्ताको खर्च गर्ने क्षमता ह्रास आएको छ। अर्कोतर्फ तेलको मूल्यमा आएको गिरावटले अमेरिकी उर्जा क्षेत्रको लगानीमा व्यापक गिरावट आउने तय छ”, सीबीओका निर्देशक फिलिप स्वागेलले भने।
कोरोनाभाइरसको प्रकोपले अमेरिकालाई प्रभावित पारेपछि अमेरिकी सरकार र केन्द्रीय बैंकले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रलाई सहायता प्रदान गर्न खर्बो डलर खर्च गरेको छ। यसको बाबजुत पनि अमेरिकामा सन् १९३० को दशकमा देखिएको आर्थिक मन्दीभन्दा पनि धेरै बेरोजगारकी समस्या देखिएको छ। अहिले अमेरिकामा चार करोडभन्दा धेरै मानिसले बेरोजगार भत्ताका लागि आवेदन दिएका छन्। अप्रिल महिनामा अमेरीकामा १४।७ प्रतिशत बेरोजगार दर देखिएको थियो र गत शुक्रबार अमेरिकाको श्रम विभागले मे महिनामा यो दर बढेर २० प्रतिशत पुग्ने जनाएको छ। मार्च महिना अमेरिकामा बेरोजगार दर ४.४ प्रतिशतमात्रै थियो । – एजेन्सी
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्