×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रादेशिक अस्पतालले कोरोना निको नहुँदै संक्रमितलाई घर पठायो, गाउँमै बढ्यो त्रास

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रादेशिक अस्पतालले कोरोना निको नहुँदै संक्रमितलाई घर पठायो, गाउँमै बढ्यो त्रास

Artha Sarokar

२७ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
बैतडी । सेती प्रादेशिक अस्पताल धनगढीले बैतडीका कोरोना सङ्क्रमितहरुलाइ कोरोना निको नहुँदै घर पठाएपछि गाउँमा कोरोनाको त्रास बढेको छ । जिल्लाको शिवनाथ गाउँपालिकाका ४ जनालाइ कोरोना निको नहँदै घर पठाएको हो । यसरी घर आउनेहरुमा वडा नम्बर १ का २० वर्षीय र २७ वर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका वडा नम्बर २ का २० र २२ वर्षीय पुरुषलाई घर पठाएको हो ।
यही जेठ २३ गते अस्पतालले कोरोना निको नहुँदै घर पठाएका उनीहरु चारै जना २५ गतेमात्रै घर पुगेका हुन् । कैलालीको गौरीफन्टा नाका भएर भारतबाट फर्किएका उनीहरुमा यही जेठ १० गते कोरोना पुष्टि भएको थियो ।अहिले सङ्क्रमितलाई ७ दिनसम्म होम क्वरेन्टीनमा बस्न भनिएको शिवनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले बताउनुभयो । यसरी कोरोना सङ्क्रमितलाई निको नहुँदै घर पठाउँदा गाउँमा स्थानीयमा त्रास बढेको उहाँले बताउनुभयो । 
स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार उनीहरुले कोरोनालाई जितेपछि डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । कोरोनाको खासै लक्षण नदेखिएको र जटिल स्वास्थ्य समस्या नभएका सङ्क्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । 
सेती प्रादेशिक अस्पतालले जेठ २३ गते बैतडीका ४ सहित ६ जना कोरोना सङ्क्रमितलाई डिस्चार्ज गरेको थियो । बैतडीका ६ सङ्क्रमितमध्ये १ जना यसअघि बुधवार कोरोना जितेर जिल्ला अस्पताल बैतडीबाट डिस्चार्ज भइसकेका छन् भने १ जनाको पाटन प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी