
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर कोरोनाको सन्त्रास बढ्दा कोरोना बीमाको क्रेज पनि बढेको छ । कोरोना लागेको पुष्टी भएसँगै तुरुन्त क्लेम पाईने भनेर प्रचार गरिएपछि त झन् यो पोलिसीप्रति जनताको क्रेज ह्वात्तै बढेको छ । यो बीचमा कोरोना बीमा गरेका २ जनामा संक्रमण पुष्टीसमेत भएको छ । कृषि बिकास बैंक लिमिटेडका एक कर्मचारी कोरोना बीमा दाबी पाउने पहिलो व्यक्ति भएका छन् भने बालुवाटारस्थित एक अस्पतालका डाक्टरले समेत कोरोना बीमा दाबी पाउने भएका छन् । कृषि बिकास बैंक लिमिटेडले नेको इन्स्योरेन्समार्फत आफ्ना कर्मचारीहरुको बीमा गराएको थियो भने कोरोना संक्रमण भएको पुष्टी भएका डाक्टरले आइएमइ जनरल इन्स्योरेन्सबाट बीमा गराएका थिए । यद्यपी कृषि बिकास बैंक लिमिटेडले बीमा गराएका कर्मचारीकोमात्र दाबी परेको छ ।
‘बीमितलाई क्लेम दिन पनि नौटंकीको तयारी’
सबैको आशा थियो, सरकारले पीसीआर पोजेटिभ भएको पुष्टी गर्ने हुनाले सोको पुष्टी हुनेबित्तिकै प्रक्रिया अघि बढ्छ र सोहि दिन वा ढिलोमा अर्को दिन संक्रमितले दाबी पाउँछ । तर नेको इन्स्योरेन्सको प्रक्रिया भने यति छिटो नभएको नेकोकै कर्मचारीहरुले स्वीकारेका छन् । ‘हो भनेजस्तो सजिलो रहेनछ । हामीले सोचेजस्तो छिटो भुक्तानी प्रक्रिया अगाडी बढाउन सकेनौं। बीमक संघबाट औपचारिक कार्यक्रम गरेरै भुक्तानी गर्ने भनिएपछि हामीले उनलाई तत्काल दाबी दिन सकेका छैनौं ।’ नेकोका एक उच्च कर्मचारीले अर्थ सरोकार डटकमसँग भने ।
बीमक संघले पहिलो पटक कोरोना बीमाको दावी भुक्तानी गर्दा औपचारिक कार्यक्रम गरेरै भुक्तानी गरिने जनाएको छ । तर यसले संक्रमितले दाबी तुरुन्त पाएनन् भन्ने सन्देश भने गएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्