- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चीनमा पछिल्लो २४ घण्टामा दुई महिना यताकै धेरै कोरोना संक्रमित फेला परेका छन् । गत अप्रिल १३ यताकै सबैभन्दा धेरै संक्रमित भेटिएका हुन् । चीनको नेशनल हेल्थ कमिसनका अनुसार भेटिएकामध्ये ३८ जना स्थानीय संक्रमित रहेका छन् । जसमध्ये ३६ संक्रमित बेइजिङका छन् । यो चीनको सरकारले राजधानी सहर बेइजिङको तथ्यांक शुरु गरेयताकै सबैभन्दा ठूलो संख्या हो ।
चीनमा पछिल्लो २४ घण्टामा फेला परेका संक्रमितमध्ये १९ जना विदेशबाट आएका मानिसहरु थिए । अहिलेसम्म चीनमा कोरोना भाइरसको कारण ८३ हजार १३२ संक्रमित फेला परेका छन् भने चार हजार ६३४ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।