×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रदेश ५ मा एक स्वास्थ्यकर्मीसहित ४ जनाले जिते कोरोना, बुटवल कोरोना अस्पतालबाट डिस्चार्ज !

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । प्रदेश ५ मा एक स्वास्थ्यकर्मीसहित ४ जना निको भएका छन् । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालबाट आज एक स्वास्थ्यकर्मीसहित चार जना निको भएर घर फर्किएका हुन् । योसँगै प्रदेशमा ७९ जनामा कोरोना सङ्क्रमण निको भएको छ ।
कपिलवस्तुका तीन र कोरोना अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी निको भएर घर फर्किएको अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा सुदर्शन थापाले बताए । निको हुनेमा अर्घाखाँची तथा कपिलवस्तुका मायादेवी, बुद्धभूमि र यशोधरा गाउँपालिकाका छन् । उनीहरू सबै गत वैशाख २९ गते अस्पतालमा भर्ना भएको डा. थापाले बताए । यससँगै धागो कारखानाको अस्पतालबाट निको भएर घर फर्किनेको संख्या १९ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: