
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या चार लाख ४० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र १४ हजार ९९३ नयाँ संक्रमित थपिएसंगै चार लाख ४० हजार २१५ पुगेको छ । यता, एकैदिन कोरोनाबाट ३१२ जनाको मृत्यु भएसंगै ज्यान गुमाउनेको संख्या १४ हजार ११ जना पुगेको छ ।
भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा एक लाख ३५ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने ६ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । दोस्रो स्थानमा रहेको दिल्लीमा ६२ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने दुई हजार २३३ जनाको मृत्यु भइसकेको छ । तामिलनाडुमा पनि ६२ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ७९४ जनाको मृत्यु भइसकेको छ ।
उत्तर प्रदेशमा १८ हजारभन्दा बढी संक्रमित भेटिँदा ५६९ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा पनि १४ हजारभन्दा संक्रमित भेटिएका छन् भने ५६९ जनाको मृत्यु भएको छ । बिहारमा करिब ८ हजार संक्रमित फेला परेका छन् । यहाँ मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।
अहिलेसम्म भारतमा दुई लाख ४८ हजारभन्दा धेरे संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्