×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा २ लाख नजिक संक्रमित, ५ हजार बढीको मृत्यु

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

भारतमा २ लाख नजिक संक्रमित, ५ हजार बढीको मृत्यु

Artha Sarokar

२० जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना भाइरसको महामारी अहिले विश्वका २१३ वटा देशहरुमा फैलिसकेको छ । यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ७७ हजार ४३७ जनाको मृत्यु भईसकेको छ भने ६३ लाख ६६ हजार १९७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै २९ लाख ३ हजार ६०५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ४०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैबीच भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ६०८ जनाको मृत्यु भईसकेको छ भने १ लाख ९८ हजार ३७० जनालाई संक्रमण भएको छ ।
त्यहाँ ९५ हजार ७५४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । सोमवार मात्रै भारतमा ७ हजार ७६१ जना संक्रमित थपिएका छन् भने २०० जनाको मृत्यु भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी